च्याम्पियन्स लिग : रियल म्याड्रिड क्वाटरफाइनलमा प्रवेश

४ बर्ष अगाडि

रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेको छ । 

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।

पछिल्ला तीन सिजनमा रियल अन्तिम आठमा पुगेको यो पहिलोपल्ट हो ।

उसको पछिल्लो जितमा करिम बेन्जेमा, सर्जियो रामोस र मार्को एसेन्सोले एकएक गोल गरे । 

४ बर्ष अगाडि

प्रतिक्रिया