इलाम- हाइकिङसँगै यस क्षेत्रको पर्यटनलाई ‘प्याकेज’का रूपमा विकास गर्न सकिने युवाहरूको योजना छ । अहिले जिल्लामा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरे पनि प्याकेजका रूपमा विकास भएको छैन । सरकारी तथा निजी पर्यटकीय क्षेत्रले पनि निश्चित पर्यटकीय क्षेत्र नतोकिदिँदा पर्यटकलाई समस्या पर्ने गरेको छ । कुनै एक पर्यटकीय क्षेत्र जाने÷आउने गरे पनि यात्रुकै रूपमा रकम खर्चनुपर्ने बाध्यता छ । यस पछाडि प्याकेजसमेत निर्माण हुने गिरीको भनाइ छ ।
यसका साथै जिल्लामा पर्यटन (ट्राभल एण्ड टुरिज्म) अध्ययन गर्ने विद्यार्थीलाई सहज हुने गरेको छ । व्यवस्थापन सङ्कायमा पर्ने यो विषयमा हालसम्म प्रयोगात्मक कक्षा गराउन सकिएको थिएन । अब भने हाइकिङमै विद्यार्थीले प्रयोगात्मक कक्षा गर्न सक्नेछन् । यता पर्यटनकर्मीको पनि तीन वर्षमा ३०० विद्यार्थी यस क्षेत्रमा घुमाउने योजना छ । आउँदा दिनमा यस विषयमा पनि आकर्षण बढ्ने देखिएको छ ।
कति लाग्छ त खर्च ?
पर्यटकीय क्षेत्रको चिनारीका साथै अवलोकनका लागि हाइकिङ शुरु गर्न लागिएको हो । सीमित क्षेत्र निर्धारण गरिएकाले खासै धेरै खर्च निस्कँदैन । त्यसमा पनि सदरमुकाम आसपासका क्षेत्र भएकाले सकसपूर्ण यात्रा गर्नुपर्दैन । हाइकिङलाई ‘ट्रेकिङ’मा जस्तो धेरै सामग्री बोक्नु पनि पर्दैन । लामो समय यात्रा गर्नका लागि टे«किङमा धेरै सामग्री चाहिन्छ तर हाइकिङमा सामान्य लगाउने सामग्रीबाहेक पानीको मात्र आवश्यकता पर्छ । यसका लागि धेरै खर्च लाग्दैन । हाइकिङको शुल्कसमेत अहिले तोकिएको छैन । हाइकिङमार्फत पर्यटकीय वातावरण निर्माण र पर्यटकीय शिक्षा बढाउन खोजिएको हो ।
अन्य क्षेत्रमा सम्भव छ हाइकिङ ?
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा हाइकिङ चलाउन सकिने पर्यटनकर्मीको भनाइ छ । एकभन्दा बढी पर्यटकीय क्षेत्रबीच छोटो भ्रमण गराउन हाइकिङ प्रयोग गरिन्छ । यसका लागि सहज तवरले हिँड्न सकिने सडक र अवलोकन उपयुक्त क्षेत्र हुनुपर्छ । अब शुभारम्भ हुन लागेको हाइकिङ पर्यटकीय क्षेत्र मात्र नभई दूरीका हिसाबले पनि उपयुक्त मानिन्छ ।
प्रतिक्रिया