विदेशी पर्यटकबाट हुने आम्दानीमा भारी गिरावट, ७ महिनामा कति भित्रियो ?

४ बर्ष अगाडि

काठमाडौं – कोरोनाका कारण नेपाल आउने विदेशी पर्यटकमा कमी आए सँगै त्यस बाट हुने आम्दानी पनि घटेको छ । चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा यसको आम्दानी ९१.९ प्रतिशतले घटेको हो ।
नेपाल राष्ट्र बैंकको माघ मसान्त सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

राष्ट्र बैंकका अनुसार यस आव समीक्षा अवधिमा विदेशी पर्यटक मार्फत रु ३ अर्ब ८७ करोड आम्दानी भएको छ, जुन गत आवको सोही अवधिको भन्दा ४४ अर्ब १४ करोडले कमी हो । गत आवको सो अवधिमा विदेशी पर्यटक मार्फत रु. ४८ अर्ब १ करोड आम्दानी भएको थियो ।

 यस्तै, चालु आवको समीक्षा अवधिमा भ्रमण व्यय ५६.७ प्रतिशतले कमी आएको छ । तथ्याङक अनुसार समिक्षा अवधिमा भ्रमण व्यय रु. १८ अर्ब ८५ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो व्यय ४३ अर्ब ४९ करोड रहेको थियो ।

चालु आवको कुल भ्रमण व्ययमा शिक्षा तर्फको व्यय रु.१५ अर्ब ५८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षतर्फको व्यय भने रु. २० अर्ब ९७ करोड रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया