काठमाडौं - प्रधानमन्त्री केपी ओलीले पार्टी नेतृत्वविरुद्ध आफूखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बालुवाटारमा हिजो आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिएका हुन् ।
ओलीले पार्टी भन्दा बाहिर गएर गरिएका गुटगत भेलामा सहभागि हुनेलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
यता नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहले आजदेखि राष्ट्रिय भेला आयोजना गरेको छ ।
एमालेको असन्तुष्ट समुहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी राष्ट्रिय भेला आयोजना गरेको हो ।
भेलामा देशभरबाट करिब २ हजार नेता कार्यकर्ता सहभागी हुने जनाईएको छ ।
प्रतिक्रिया