काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।
हालसम्म नेपालमा २२ लाख २१ हजार ५ सय १२ पिसिआर परीक्षण भएका छन् ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
यस्तै , मन्त्रालयका अनुसार मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा छन् ।
प्रतिक्रिया