काठमाडौं- केटीएम बाइकको अधिकारिक वितरक गोल्छा ग्रुपले चैत १ देखि नै लागू हुने गरी नेपाली बजारमा केटीएम मोटरसाइकलको मूल्य बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँँ मुल्य सूची अनुुसार केटीएम २५० सेग्मेन्टको मूल्य १५ हजार रुपैंयाले बढाएर ६ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस अघि ६ लाख ५९ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै, केटीएम ३९० ड्युकको ८ लाख ७९ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ। यस अघि ८ ला ४९ हजार ९ सय रहेको थियो ।
केटीएम २०० ड्युक एबीएस र आरसी २०० को मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी बाइकको मूल्य क्रमशः ५ लाख ४४ हजार ९ सय र ६ लाख १९ हजार ९ सय रुपैयाँ छ ।
प्रतिक्रिया