काठमाडौं – नेपाल पूनर्बीमा कम्पनीले लिमिटेड चालु आर्थिक वर्षको पुस मसान्तसम्म शेयर बजारमा झन्डै डेढ अर्ब बराबरको लगानी गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमास सम्म शेयर बजारमा रु १ अर्ब २२ करोड ६४ लाख बराबरको लगानी गरेको हो । बीमा समितिको चालु आवको दोस्रो त्रैमास सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
यस्तै, कम्पनीले चालु आवको पहिलो त्रैमास सम्म शेयर बजारमा रु. ६९ करोड ८३ लाख बराबरको लगानी गरेको थियो । उक्त रकम दोस्रो त्रैमास सम्म आइपुग्दाँ ७५ प्रतिशतले बढी हो । पूनर्बीमा कम्पनीले थप तीन महिना मात्र रु ५२ करोड ८० लाख बराबरको लगानी गरेको हो ।
प्रतिक्रिया