काठमाडौं – आजदेखि नियमित शेयर कारोबारमा आएको ग्रिन लाइफको हालसम्म ८ हजार ९०० कित्ता शेयर बिक्री भएको । नेप्सेको मार्केट फ्लोर सिटअनुसार १ः२० बजेसम्म यतिका शेयर कारोबार भएको हो ।
कारोबार सुरु हुदाँको सुरुको समय त्यति धेरे शेयर खरिद बिक्री हुदैन । तर, यो कम्पनीको कारोबार सुरु भएको केही घण्टामा नै यतिका शेयर बिक्री भएको हो ।
रकमका आधारमा यस कम्पनीको २९ लाख ८ हजार ८३२ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज स्पेशल प्रि ओपनिङमा ग्रिन लाइफ हाइड्रो पावरको रु.२९९ मा शेयर कारोबार भएको थियो । स्पेशल प्रि ओपनिङमा उक्त कम्पनीको १० कित्ता शेयर कारोबार भएको थियो । नियमित शेयर कारोबारमा भने ३२८ रुपैयाँ सम्म शेयर कारोबार भएको छ ।
नियमित शेयर कारोबारमा कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । नियमित शेयर कारोबारमा उक्त कम्पनीको शेयर मुल्य थप २९ अंकले बढेर ३२८ पुगेको छ । नियमित कारोबारमा कम्पनीको शेयर मुल्य ९.७० प्रतिशतले बढको हो ।
प्रतिक्रिया