काठमाडौं – आज स्पेशल प्रि ओपनिङमा ग्रिन लाइफ हाइड्रो पावरको रु.२९९ मा शेयर कारोबार भएको छ । आज स्पेशल प्रि ओपनिङमा उक्त लघुवित्तको १० कित्ता शेयर कारोबार भएको हो । यो सँगै उक्त कम्पनीको नियमित शेयर कारोबार सुरुवात भएको छ ।
सोमबार नेप्सेमा उक्त कम्पनीको साधारण शेयर सहित १ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो । नेप्सेले हिजो रु. ९९.०९ देखि २९९.०१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । नेप्सले तोकेको उपल्लो रेन्जबाट उक्त कम्पनीको शेयर कारोबार भएको हो ।
यता नियमित शेयर कारोबार भने कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । नियमित शेयर कारोबारमा उक्त कम्पनीको शेयर मुल्य थप २९ अंकले बढेर ३२८ पुगेको छ । नियमित कारोबारमा कम्पनीको शेयर मुल्य ९.७० प्रतिशतले बढको हो ।
हाल नेप्सेको मार्केट डेप्थमा उक्त कम्पनीको शेयर खरिद गर्न चाहने खरिदकर्ता चाप बढी छ । तर, बिक्रीकर्ताको चाप देखिएको छैन ।
प्रतिक्रिया