काठमाडौं – आज स्पेशल प्रि ओपनिङमा महिला लघुवित्तको रु.४३८ मा शेयर कारोबार भएको छ । आज स्पेशल प्रि ओपनिङमा उक्त लघुवित्तको १० कित्ता शेयर कारोबार भएको हो । यो सँगै महिला लघुवित्त नियमित शेयर कारोबारमा आएको छ ।
सोमबार नेप्सेमा उक्त कम्पनीको साधारण शेयर सहित १० लाख कित्ता शेयर नेप्सेमा सुचिकृत भएकोथियो । नेप्सेले हिजो रु. ३१३.१६ देखि ९३९.३८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । नेप्सले तोकेको तल्लो रेन्ज भन्दा केही बढी मुल्यबाट उक्त कम्पनीको शेयर कारोबार सुरुवात भएको हो ।
हाल नेप्सेको मार्केट डेप्थमा उक्त कम्पनीको शेयर खरिद गर्न चाहने खरिदकर्ता चाप बढी छ । तर, बिक्रीकर्ताको चाप देखिएको छैन ।
प्रतिक्रिया