कारोबारको पहिलो घण्टा : दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ५८ करोड माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको एक घण्टामा दोहोरो अंकले बढेको छ ।

आज १२ बजेसम्म आइपुग्दाँ परिसुचक १९.७५ अंकले बढेर २४०८.९३ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक मंगलबार २३८९.१८ को बिन्दुबाट सुरु भएको थियो । 

सोही अवधीसम्म कारोबारका १३ उपसमुहमध्ये सबै उपसमुह बढेका छन् । 

एक घण्टाको अवधीमा कारोबारमा आएका १९४ कम्पनीको २४ लाख ५२ हजार ४३३ कित्ता शेयर ९ हजार ८८२ पटक खरिद बिक्री हुदाँ ५८ करोड  रुपैंया बरबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया