काठमाडौं- मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात बैंकको शेयरमूल्य २६९ रुपैयाँ कायम भएको छ।
चैत २ गते सोमबार बैंकको प्रतिकित्ता २९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुँक्ता पूँजीको ८.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले चैत १३ गते उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे शुरु हुनेछ।
प्रतिक्रिया