मंगलबार नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य नेप्सेमा समायोजन

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य समायोजन भएको छ ।  

नेप्सेले नेपाल हाइड्रोको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३२५ रुपैयाँ तोकिएको छ ।

नेप्सेले  कम्पनीको अघिल्लो कारोबार दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। चैत २ गते सोमबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा डाकेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया