काठमाडौं– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ को बजेट पूर्व निर्धारित समय सिलिङ भित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।
सरकारका मुख्य सचिव, सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्य सहित अर्थ मन्त्रालयमा आज (चैत्र २ गते) आयोजित कार्यलयमा अर्थ मन्त्रालयले आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यन्वयनमा निरन्तरता बजेट निर्माणका आधारहरू अघि सारेको थियो ।
साथै कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दिगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारहरू प्रस्तुत गरेको छ ।
बजेट प्रस्ताव गर्दा मन्त्रालयहरूले बजेट निर्माणका आधार र मार्गदर्शनको आधारमा प्रस्ताव पेश गर्न अर्थ मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया