काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको ठाडै उल्लंघन गरी प्रतिनिधिसभा विघटन गरेपछि देशमा ठूलो राजनीतिक हलचल भएको छ ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएपछि राष्ट्रपतिको कदम गलत रहेको पुष्टि समेत भएको छ । प्रतिनिधिसभा विघटनकै कारण विवाद चर्कँदा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नै फुटेको छ भने सत्तारुढ नेकपा एमाले पनि फुट्ने तयारीमा छ ।
प्रधानमन्त्री ओलीको सिफारिस अनुसार विवेक प्रयोग नगरि चालेको राष्ट्रपतिको कदमले गर्दा कम्युनिष्ट सरकार ढल्ने अबस्थामा पुगेको छ भने राजनीतिक संकट गहिरीएको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अबस्थामा सरकार ढल्ने अबस्था छ भने एमालेबाहेकका दलको सरकार बन्ने अबस्था छ ।
एमालेइतरका दलहरु मिलेर सरकार बनाएको अबस्थामा र माधवनेपाल पक्षधरहरुले ओलीलाई साथ नदिएको अबस्थामा महाअभियोगबाट राष्ट्रपतिलाई समेत हटाउन सक्ने अबस्था देखिएको छ ।
यस्तो अबस्थामा प्रधानमन्त्री ओलीले कि त दलहरुलाई सहमतिमा ल्याएर आफ्नो सरकार टिकाइराख्ने वा फेरी प्रतिनिधिसभा विघटन गर्ने कदम चाल्न सक्ने अबस्था छ ।
सरकार संकटमा परेपछि प्रधानमन्त्री ओलीले समानान्तर कमिटि गठनको चेतावनी दिएका आफ्नै दलका नेता माधवकुमार नेपाल समूहलाई बोलाएर छलफल गरेका थिए ।
ओलीले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव समेत गरेका छन् ।
छलफलमा नेपाल पक्षसँग पनि कुरा नमिलेको र प्रचण्डले पनि भेटका लागि रुचि नदेखाएपछि आफ्नो पद धरापमा पर्नसक्ने अबस्था आउन नदिनका लागि राष्ट्रपतिले सर्बदलीय बैठक बोलाएकी हुन् । सर्वदलीय बैठक बोलाएपछि भोली प्रधानमन्त्रीले फेरी प्रतिनिधिसभा विघटन गर्दा दलहको बैठकबाट सहमति निस्कन नसकेको भनेर बाहना बनाउन पनि सहज हुने सल्लाह राष्ट्रपति निकटहरुले उनलाई दिएको स्रोतको दावी छ ।
प्रतिक्रिया