काठमाडौं- महिला लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता शेयर सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा सूचीकृत भएको छ ।
संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ६ लाख कित्ता शेयर गरी १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो कम्पनीको शेयर मंगलबारदेखि कारोबारमा आउने छ ।
नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको छ । त्यस अनुसार मंगलबार देखि कारोबार खुल्नेछ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो।
लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
प्रतिक्रिया