काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ ।
कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ परिसुचक ०.७५ अर्थात १८.०७ अंकले घटेर २३८९.१९ को बिन्दुमा पुगि कारोबार बन्द भएको छ । आज नेप्से परिसुचक २४०७.२६ को बिन्दुबाट सुरु भएको थियो ।
यस्तै, सेन्सेटिभ परिसुचक पनि आज ५.०७ अंकले ओरालो लागेर ४३०.०५ को बिन्दुमा पुगेको छ ।
कारोबारमा रहेका १३ उपसमुहमध्ये ५ उपसमुह बढेका छन् भने बाँकी ७ उपसमुह भने ओरालो लागेका हुन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर ५२ हजार ३०९ पटक खरिद बिक्री हुदाँ ४ अर्ब २४ करोड ८४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये ४६ कम्पनीको शेयरमुल्य बढेको छ भने १ सय १६ कम्पनीको शेयरमुल्य घटेको हो र बाँकी १४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
तीन बजेसम्म आइपुग्दाँ नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४६ करोड ६२ लाख रुपैंया बराबरको कारोबार गर्दैैै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया