आइफोन १२ अब भारतमै तयार हुने ,के कस्तो रहला बजार मुल्य ?

४ बर्ष अगाडि

आईफोन- १२ अब भारतमै तयार हुने भएको छ । अमेरिकी कम्पनी एप्पलका अनुसार अब आइफोन १२ भारतमै एसेम्बल गरिने भएको हो ।

भारतका केन्द्रीय मन्त्री रवि शंकरले एप्पलको यो निर्णयलाई स्वागत गरेका छन् । 

पछिल्ला केही वर्ष चीन र अमेरिकाको व्यापारिक युद्धका कारण एप्पलले चीनको एसियाली बजारका लागि भारत रोजेको अनुमान गरिएको छ ।

यसअघि एप्पलले आइप्याड र म्याकबुकका केही मोडल भियतनाममा एसेम्बल गर्न थालेको थियो ।

यद्यपि चीनमा पनि एप्पलका आइफोनहरु एसेम्बल हुँदै आइरहेका छन् । छिमेकी मुलुक भारतमै तयार हुने भएपछि नेपाली बजारमा केहि चाँडो उपलब्ध हुने र सस्तो पनि हुन सक्ने अपेक्षा गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया