काँग्रेसलाई अहिलेको अवस्थामा सत्तामा जानु भन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती : पौडेल

४ बर्ष अगाडि

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा काँग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन्  । 

सदरमुकाम कुश्मा बजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु काँग्रेसको मुख्य दायित्व हुने बताए ।

वरिष्ठ नेता पौडेलले  काँग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट पारे ।  

नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि काँग्रेसले अहिलेको अवस्थामा नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।

“देशको हित गर्न काँग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुई चढेर सत्तामा गइहाल्न हुँदैन”, पूर्व उपप्रधानमन्त्री पौडेलले भने,  “अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, काँग्रेस आन्तरिक किचलोमा फसेको छ,  सबै मिलेर काँग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।” 

४ बर्ष अगाडि

प्रतिक्रिया