चितवन – नारायणगढ (मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित जलबिरे मन्दिरको मोडबाट आज बिहान फेरि मालबाहक ट्रक खसेको छ ।
भैरहवा बाट काठमाण्डौका लागि प्याज लोड लिएर आएको लु २ ख १८४ नं। को मालबाहक ट्रक ईच्छाकामना गाँउपालिका ६ जलदेवि मन्दिरको मोडबाट करिब १ सय मिटर तल खसेको हो ।
उक्त दुर्घटनामा ९ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको थियो ।
स्मरण रहोस् उक्त स्थान दुर्घटनाको उच्च जोखिम स्थल मानिन्छ । उक्त स्थानमा यसपालीको दशैंको टिकाको दिन नै पूर्वबाट आएको यात्रुवाहक बस खस्दा केहिको मृत्यु हुनुका साथै दर्जनौ घाईते भएको थियो ।
प्रतिक्रिया