पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा

७ बर्ष अगाडि

काठमाडौं-पश्चिमी वायुको प्रभावले कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी र हिमालीभेगमा हिमपातसँगै वर्षा भएको छ । 

विगतका वर्षभन्दा अगावै हिमपात र वर्षा भएपछि सो क्षेत्रको तापक्रम एक्कासी घट्दा जनजिवन प्रभावित बनेको छ ।

गत शुक्रवार भारतको जम्बु कास्मिर हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा गराएपछि मध्यपश्चिम र सुदुरपश्चिमी भेगमा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘
गत वर्ष भन्दा केही दिन अघि सो क्षेत्रमा चिसो बढेको छ’–महाशाखाका मौसमविद् समिर श्रेष्ठले भने। तर यस्तो प्रभाव पूर्वी तथा मध्यभेगमा नफैलिने र हिमपात प्रभावित जिल्लाको मौसममा पनि आइतवार अपरान्ह्रदेखि सुधार आउन थालेको उनले बताए । 

पश्चिमी वायुको प्रभावले पश्चिमी भेगमा चिसो बढेपनि काठमाडौं उपत्यकाको न्यूतम तापक्रम भने केही दिनयता स्थिर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया