ओली र नेपालबीच भेटवार्ता हुँदै

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँने भएको छ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट हुने भएको हो ।

ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभएपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ ।

दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापानसमेत ओलीले राखेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया