काठमाडौं- महालक्ष्मी विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
महालक्ष्मी विकास बैंकले चैत १३ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्तावसमेत पारित गर्नेछ ।
कम्पनीले यस वर्ष ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२.४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय पनि सभाले गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू। ३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्तापूँजी रहेको छ । साधारण सभा प्रयोजनका लागि चैत ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।
प्रतिक्रिया