काठमाडौं - हिमालयन बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १४ प्रतिशतले हुन आउने १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर आइतबार सूचीकृत गरेको हो ।
आइतबार शेयर सूचीकृत भएसँगै लगानीकर्ताले डिम्याट खातामा आएपछि एक्त बोनस शेयर दोस्रो बजारमा उक्त शेयर खरीद बिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया