काठमाडौको जडिबुटी चोक नजिकै आज मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । पेप्सीकोलाबाट जडिबुटी तर्फ आउदै गरेको बा ९२ प १४३ नम्बरको मोटरसाइकलले आज बिहान ६ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदाँ २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भइ काठमाडौँको मुलपानीमा बस्दै आएका २८ वर्षीय रामकुमार श्रेष्ठ र पैदलयात्री भक्तपुरको लोकन्थलीकी ६५ वर्षीया गंगामाया तिमल्सिना रहेका छन्।
गम्भीर घाइते भएका रामबहादुरको उपचारको क्रममा ट्रमा सेन्टरमा र गंगामायाको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन्। घाइते भएका मोटरसाइकलमा पछाडी सवार मुलपानी बस्ने ४६ वर्षीय कुलबहादुर श्रेष्ठको काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रतिक्रिया