धरौटी फिर्ता माग गर्दै एनसेल सर्वोच्चमा

७ बर्ष अगाडि

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा धरौटी लिएको भन्दै दूरसञ्चार सेवा प्रदायक एनसेलले रकम फिर्ताका लागि सर्वोच्चमा रिट दायर गरेको छ । 

महालेखा परीक्षकको प्रतिवेदनले बेरुजु देखाएको आधारमा उपकरण खरिदको विनिमय सुविधा लिन रोक लगाएपछि आफूहरूले वाध्य भएर धरौटी बुझाउनु परेको भन्दै एनसेलले सो धरौटी फिर्ता पाउन माग गरेको हो तर अदालतले मागदाबी अनुसार अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । 

धरौटी बापत राखेको एक करोड ५८ लाख ७३ हजार ४५० रुपियाँ फिर्ताको माग गरिएको छ । 

अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया