रियलमीले रियलमी ८ र रियलमी ८ प्रो गरी दुई मोडल मार्च २४ मा सार्वजनिक गर्दै, बजार मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले रियलमी ८ सिरिज आउँदो मार्च २४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले रियलमी ८ र रियलमी ८ प्रो गरी दुई मोडलमा स्मार्टफोन ल्याउन लागेको हो ।

यसअन्तर्गत रियलमीले प्रो भेरियन्टमा १०८ मेगापिक्सेल मुख्य क्यामेरा रहेको बताइएको छ ।रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ मेगा पिक्सेलको क्यामेराले उज्यालो र अँध्यारो दुवैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्छ । 

रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ ।

विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुईभन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादन मार्फत तिनलाई संकलन गरेर जोडिन्छ । 
क्यामेराबाहेक यो फोनका अन्य विशेषताका रुपमा ६५ फास्ट चार्जिङ प्रविधिसहितको ४५०० एमएएच ब्याट्री हुनेछ । स्न्यापड्रागन ७३०जी६ प्रोसेसरको प्रयोग भएको फोनमा ६ जीबी र्‍याम हुनेछ ।

नेपाली बजारमा यो फोनको मूल्य ३५ देखि ४० हजार रुपैयाँको हारहारीमा हुने अनुमान गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया