काठमाडौं- साताको पहिलो दिन –आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)परिसुचक कारोबार अन्तिम समयसम्म आउँदा झन्डै साढे ५१ अंकले आरोलो लागेका छ ।
कारोबारको अन्तिम समयसम्म आउँदा परिसुचक ५१.२३ अंक अर्थात २.०८ प्रतिशतले ओरालो लागेर २४०७.२५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्से परिसुचक २४५८.४८ को बिन्दुबाट सुरु भएको छ ।
सेन्सेटिभ परिसुचक पनि कारोबारको अन्तिमसमय सम्म आइपुग्दाँ १०.१० अंकले ओरालो लागेर ४३५.१३ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये होटेल र हाइड्रोपावर समुह अन्तिम समयसम्म नै हरियोमा कायम रहेका छन् । आज होटेल समुह ६१.१२ अंक र हाइड्रोपावर क्षेत्र ४७.८२ अंकले बढेका हुन् भने बाँकी ११ उपसमुह ओरालो लागेका छन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयर ६० हजार ९७३ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ९५ करोड २७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया