काठमाडौं- साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्सें)मा अपर तामाकोशी हाइड्रोपावरको मुल्य ९ प्रतिशत भन्दा बढी बढेको छ ।
नेप्सेमा कम्पनीको शेयरमुल्य ९.८५ प्रतिशत अर्थात ५८ रुपैंयाले बढेको छ । आइतबार कम्पनीको कारोबार ६०० रुपैंयाबाट सुरु भएको थियो । उक्त शेयर मुल्य बढेर ६४७ रुपैंयामा पुगेको छ ।
आइतबार कम्पनीको शेयरमा कारोबारमा खरिदकर्ताको चाप उच्च देखिएको छ । हालसम्म २ लाख १० हजार ६० कम्पनीको शेयर खरिद भएको छ ।
प्रतिक्रिया