काठमाडौं- साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आउँदा ५१.५४ अंकले ओरालो लागेको छ ।
नेप्से परिसुचक कारोबार सुरु भएको तीन घण्टाको अवधीमा २ं.१० प्रतिशतले घटेर २४०६.९४ को बिन्दुमा पुगेको छ ।
कारोबार सुरु भएको सो अवधीसम्म आउँदा कारोबारमा आएका २०८ कम्पनीको ७० लाख ४८ हजार २०२ कित्ता शेयर ४४ हजार ५३४ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ५९ करोड ९३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया