माधव नेपाललाई सजिलो पार्ने प्रयासमा माओवादी केन्द्र

४ बर्ष अगाडि

काठमाडौं - आज देखि शुरु नेकपा माओवादी केन्द्रको केन्द्रीय बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पेश भएको छ । एमालेमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालबीच विवाद जारी रहँदा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको हो ।

ओलीसँग विद्रो गरेर झलनाथ माधवहरु एमालेबाट बाहिरिने र माओवादी केन्द्रभित्र गोलबद्ध हुन समस्या हुने भन्दै पार्टीको नाम फेर्ने विषयमा माओवादी केन्द्रमा छलफल भएको छ । 

बैठकको तेस्रो एजेण्डामा पार्टीको नाम फेर्ने सम्बन्धमा सदस्यहरुको राय मागिदैछ । सोही एजेण्डामा कन्युनिष्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको छ । 

केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षलाई पेलिरहेको भन्दै उक्त समूहले एमाले कव्जा गर्ने नभए विद्रोह गर्ने दावी गरेका थिए ।

त्यसैले माधव नेपाल पक्षका नेता कार्यकर्तालाई समस्या पर्ने कुनै पनि गतिविधि नगर्न उनले नेता कार्यकर्तालाई आग्रह गरेका थिए । अझैपनि माधव झलनाथसहित वृहत वामपन्थी एकताको सम्भावना कायम रहेको प्रचण्डको भनाइ थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया