भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो ।
हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए । परीक्षणका क्रममा आज रेलको इञ्जिनको डिब्बा ल्याइएको हो । आगामी मङ्सिर २६ गतेदेखि नियमितरुपमा सञ्चालन गरिने उनले बताए ।
प्रतिक्रिया