काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपालद स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको पहिलो घण्टासम्म आउँदा दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबारको १ घण्टामा परिसुचक २४.८६ अंकले घटेर २४३३.६२ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये दुई उपसमुह भने उकालो लागेका छन् । १ घण्टाको अवधीसम्म आइपुग्दाँ होटल समुह ५७.५९ अंकले र हाइड्रोपावर ४२.१८ अंकले बढेका छन् ।
यस्तै, यो अवधीसम्म कारोबारमा आएका १९६ कम्पनीको २३ लाख ६४ हजार ६५९ कित्ता शेयर १५ हजार ३२१ पटक खरिद बिक्री हुदाँ १ अर्ब १७ करोड १४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया