काठमाडौं- नेपाल हाइड्रो डेभलोपर लिमिटेड लाभांश सुरक्षित गर्ने भालि(सोमबार) अन्तिम दिन रहेको छ ।
यी दुई कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ३ गते मंगलवारदेखि बुक क्लोज गर्ने भएकाले चैत २ गते सोमवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
नेपाल हाइड्रो डेभलपोपरले आर्थिक वर्ष २०७६र ७७ को सञ्चित मुनाफाबाट कुल १५. ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको हाल कायम चुक्तापूँजी रू. २६ करोडको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७४र ७५ को लागि २०७५ साल पुस ९ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको चार प्रतिशत बोनससमेत जोडेर १५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको जानकारी दिएको छ ।
उक्त बोनस शेयर वितरण गर्ने निर्णय भए पनि विशेष कारणबस सभा हुन नसकेको र सोको लागि बुक क्लोज पनि नभएकाले यस वर्ष समावेश गरिएको कम्पनीले प्रष्ट पारेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत १७ गते १२औं, १३औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया