प्रि ओपन सेसनमा ७.७८ अंकले बढ्यो नेप्से , २१ कम्पनीको शेयरमा वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.७८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३.४० अंक घटेर २४५८.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.७८ अंक बढेर २४६६.२७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेको छ।

 प्रि ओपन सेसनमा ३६ कम्पनीको ७८ लाख ६७ हजार ६६५ रुपैयाँ बराबरको १५ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया