नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुन कुन ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

महिला सहयात्राको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय ४५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य एक हजार २ सय ५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया