२.५ करोड पाउन्डसम्मको अफर आए रोनाल्डो बेचिने

४ बर्ष अगाडि

एजेन्सी  - इटालियन महारथी युभेन्टसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई २५ मिलियिन पाउन्डसम्मको अफर आए बेच्ने भएको छ । 

बेलायती पत्रिका डेली मेलका अनुसार च्याम्पियन्स लिगबाट अन्तिम १६ बाट नै बाहिरिएपछि टोलीले रोनाल्डोलाई बेच्ने भएको हो । 

३६ वर्षीय पोर्चुगिज खेलाडी सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस पुगेका थिए । रोनाल्डोको आगमनले इटालियन टोलीलाई लामो समयदेखि टाढा बनेको च्याम्पियन्स लिगको उपाधि दिलाउने टोलीले आशा गरेको थियो । 

तर, रोनाल्डोको आगमनपछि टोलीको च्याम्पियन्स लिगमा प्रदर्शन झनै खस्किएको छ । पछिल्ला तीन सिजनमा टोली क्वार्टरफाइनलभन्दा पर पुग्न सकेको छैन ।

३६ वर्षको उमेरमा युभेका लागि रोनाल्डो महँगो साबित बनेका छन् । वार्षिक रुपमा उनले २.८ करोड पाउन्ड तलब खान्छन् जसले गर्दा अन्य खेलाडी तथा क्लबको आर्थिक अवस्थामाथि यसको प्रभाव परेको छ ।

इटालियन मिडियाहरुका अनुसार रोनाल्डोलाई बेच्ने खबर सँगै पेरिस सेन्ट जर्मेन पाँच पटकका बालोन डिओर विजेतालाई क्लबमा भित्र्याउन इच्छुक देखिएको छ । 

रोनाल्डोको युभेन्टससँगको करार सन् २०२२ को जुनमा सकिदैछ र क्लबले करार सम्झौता नवीकरणका लागि कुनै चासो देखाएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया