गोदावरी फूल मेला : ४२ हजारले अवलोकन, ६५ लाख कारोबार

७ बर्ष अगाडि

ललितपुर –व्यवसायीहरुले फूल व्यवसायबाट आफूहरु उत्साही रहेको बताएका छन् । फूल व्यवसायीहरुले यस व्यवसायबाट राम्रो आम्दानी हुने गरेको उल्लेख गर्दै विदेशमा जाने नेपालीहरुलाई स्वदेशमा नै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन् । 
ललितपुरस्थित जावलाखेल मैदानमा आयोजित १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनीमा सहभागी भएका उनीहरुले फूल व्यवसायले राम्रो आम्दानी दिने पनि स्पष्ट पारेका छन् । फूल व्यवसायबाट आफूहरु उत्साही भएको फ्लोरिकल्चर एशोसिएन नेपालका अध्यक्ष कुमार कसजुले बताए । उनले प्रर्दशनी गत वर्षको भन्दापनि सफलतापूर्वक सम्पन्न भएको स्पष्ट पारे ।
व्यवसायीहरुले विदेशमा कामका लागि जानेहरुलाई पनि नेपालमै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन् । स्वदेशमै बसेर फूलको व्यवसाय गरे राम्रो आम्दानी हुने उनीहरुको भनाई छ ।
नेपालमा फूल व्यवसायबाट गत वर्ष २ अरव बराबरको आयआर्जन भएको थियो । यस व्यवसायको प्रवद्र्धनका लागि हरेक वर्ष प्रर्दशनी आयोजना हुने गरेको छ । 
यस वर्षको प्रर्दशनी पनि सफलतापूर्वक सम्पन्न भएको एशोसिएशनले जनाएको छ । यस वर्षको प्रर्दशनीमा ४२ हजारले अवलोकन गरेको र ६५ लाख भन्दा बढिको कारोबार भएको एशोसिएशनका अध्यक्ष कसजुले जानकारी दिए । 
चार वर्ष भित्र नेपाललाई फूलमा आत्मनिर्भर बनाउने एशोसिएशनको योजना छ । तिहारलाई लक्षित गरेर हरेक वर्ष फूल प्रर्दशनी हुने गरेको छ । यस वर्ष प्रर्दशनीमा ४ सय ५० प्रजातिका फूलहरु राखिएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया