गेस्ट हाउसमा भारतीय नागरिक मृत्यु अवस्थामा फेला

७ बर्ष अगाडि


जनकपुर – जनकपुधामस्थित एक होटेलमा एकजना भारतीय नागरिक मृत्यु फेला परेका छन् । 
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भारत विहार राज्य मुजफ्फरपुर लक्ष्मीपुर बेलाही बस्ने ६५ बर्षका जितेन्द्र यादव मृत फेला परेका हुन् । 

गत कार्तिक १५ गते मिल्स एरियास्थित मिथिला गेष्ट हाउसमा यादव बस्दै आएका थिए ।

यादवको मृत्यू हृदयघातका कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया