काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ७ महिनामा कार्यलय सञ्चालन गर्न १५ अर्ब बढि खर्च गरेका छन् । गएको साउन देखी माघ मसान्त सम्म २७ वाणिज्य बैंकहरूले कार्यलय सञ्चालन वापत १५ अर्ब ५९ करोड खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जस मध्ये एन आई सि एसिया बैंकको मात्र ९५ करोड बढि कार्यलय सञ्चालन खर्च छ, यो २७ वाणिज्य बैंकहरू मध्ये सबै भन्दा बढि हो । एन आई सि एसिया बैंकका देश भर ३५२ वटा शाखाहरु रहेका छन् ।
त्यस्तै देश भर २७० शाखा रहेको ग्लोबल आई ए मी बैंकले कार्यलय सञ्चालन बापत ९२ करोड बढि खर्च गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ७ महिनामा ८७ करोड बढि कार्यलय सञ्चालन खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । अहिले राष्ट्रिय वाणिज्य बैंकका २५० शाखा रहेका छन् ।
त्यस्तै प्रभु बैंकले ७९ करोड , सिद्धार्थ बैंकको ७३ करोड, कृषि विकास बैंकले ७१ करोड, नबिल बैंकले ७० करोड, कुमारी बैंकले ६२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ६२ करोड, एन एम बि बैंकले ६२ करोड, सनराइज बैंकले ६१ करोड , हिमालयन बैंकले ६१ करोड भन्दा बढि कार्यलय सञ्चालन बापत खर्च गरेका छन् ।
कार्यलय सञ्चालन बापत मेगा बैंकले ६० करोड, बैंक अफ काठमाडौँले ५५ करोड, माछापुच्छ्रे बैंकले ५२ करोड, लक्ष्मी बैंक ५१ करोड, सानिमा बैंक ४९ करोड, नेपाल बैंक ४९ करोड, नेपाल एस पि आइ बैंक ४९ करोड, एभरेष्ट बैंक ४८ करोड, सिटिजन बैंक ४४ करोड, प्राइम बैंकले ४१ करोड, एन सिसि बैंक ३७ करोड, सेन्चुरी बैंक ३६ करोड, सि बि ल बैंक ३४ करोड, नेपाल बङ्गलादेश बैंक ३४ करोड रहेको छ ।
त्यसै गरी स्टान्डर्ड चार्टर बैंकले ३२ करोड कार्यलय सञ्चालन वापत खर्च गरेको छ । यो २७ वाणिज्य बैंकहरू ७ महिनामा गरेको कार्यलय सञ्चालन खर्च मध्ये सबै भन्दा कम हो ।
प्रतिक्रिया