आकस्मिक रुपमा बोलाईयो एमाले स्थायी कमिटी बैठक, ओलीको कदमबिरुद्ध प्रहार हुनसक्ने

४ बर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ जना नेतालाई जिम्मेवारीबाट हटाएपछि स्थायी समितिको आकस्मिक बैठक बोलाइएको छ ।  

बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन् । 

अध्यक्ष ओलीले शुक्रबार आफ्नो समूहका मात्र नेताको बैठक राखेर माधव–खनाल पक्षका ५ जना नेताको जिम्मेबारी खोस्नुका साथैमहासचिवबाहेकका पदाधिकारीहरु हटाउने निर्णय गरेका थिए ।  

नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल –नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो । सो बैठकले ओलीको कदमा बिरुद्ध नयाँ निर्णय गर्ने बताइएको छ । 

 एमाले र माओवादी एकीकरण गरेर २०७२ सालमा नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । तर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तिब्र विवाद हुँदा नेकपामा ओलीपक्ष र प्रचण्डनेपाल पक्षबीच पार्टी विभाजनको अवस्था आएको थियो । तर यहीबीचमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी ब्यूँताईदिएपछि एमालेमा ओलीपक्ष र खनाल–नेपाल पक्षको फरक फरक गुट छ । 
ओलीले आफ्नो गुटभन्दा फरक गुटलाई दवावमा राख्ने योजना अन्तर्गत नेपाल पक्षका केन्द्रीय सदस्यलाई आजै जिम्मेवारीमुक्त गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया