काठमाडौं- अनलाइन अर्डरमार्फत घरघरमा खानेकुरा पुर्याउने ‘भोज’ ले आजदेखि अनलाइन खाना मेला सुरु भएको छ ।
आजदेखि उपत्यकाभित्रका २०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गरेबापत ७० प्रतिशतसम्म छुट पाइने र ईसेवा र फोन पेका माध्यमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भएको छ ।
‘रु. ९९’, ‘रु ९९९’, ‘एक किन्दा एक सित्तैमा’ र ‘रु. १’ मा पनि विभिन्न परिकारहरू यस मेलामा पाइने छन् । ७ दिनसम्म चल्ने मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरू समेत हुने बताइएको छ।
प्रत्येक अर्डरमा ग्राहकले सोमेर्स्बी, कोकाकोला, पठाओ सवारी, टुपीएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) मध्ये कुनै उपहारहरू पाउनेछन् । साथै हरेक अर्डरमा विभिन्न रेस्टुरेन्टका डिस्काउन्ट भाउचर पनि जित्ने सक्ने व्यवस्था रहेको छ ।
भोजबाट रेस्टुरेन्टको खानाबाहेक किरानाका समान, सब्जी तरकारी, फलफूल तथा फ्रोजन खाद्य सामग्री पनि ग्राहकको घरमा पुर्याइदिन सकिन्छ। हाल भोजमार्फत ५०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गर्न पाइन्छ । अर्डर गर्नका भोज एप, वेबसाइट अथवा फोनको प्रयोग गर्न सकिन्छ।
प्रतिक्रिया