ज्योति विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राहीे खातामा जम्मा

५ बर्ष अगाडि

काठमाडौं-   ज्योति विकास बैंकले  बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले गत माघ १४ गतेको १३औं वार्षिक साधारण सभामार्फत पारित गरेको १० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले उक्त बोनस शेयर वापतको ३४ करोड ९५ लाख २९३ दशमलव ४४ कित्ता शेयर फागुन २५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो ।

कम्पनीले गत पुस २८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यसपश्चात शेयर अभौतिकीकरण गराउने हरुको हकमा पनि क्रमश जम्मा गर्दै जाने भएकाले यथाशिघ्र शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

साथै २०७५ साल चैत १५ गतेपश्चात शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको रकम भुक्तानी गर्नुपर्ने बैंकको भनाइ छ ।

बोनस शेयरको कर बापतको रकम शेयरधनीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा कार्यालय लाजिम्पाटमा रहेको एनआईबिएल एस क्यापिटल जेबिबिएल बोनस ट्याक्स फिस्कल इयर ०७६र७७ को खाता नम्बर ०३६०१०४०२६५४६१ मा जम्मा गुर्नपर्ने बैंकको भनाइ छ । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया