आईपीओ भर्न सीडीएससीले  छुट्टै वेबसाइट बनाउँदै !

४ बर्ष अगाडि

काठमाडौं - शेयरमा लगानी गर्नेको संख्या बढेसँगै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आईपीओ भर्न छुट्टै वेबसाइट बनाउने भएको छ । 
 
हाल पछिल्लो समयको तथ्याङ्क हेर्दा ३१ लाख ५८ हजार भन्दा बढीले डिम्याट खाता खोलिसकेको अवस्था छ ।

यस्तोमा सीडीएससीको हाल सञ्चालनमा रहेको ‘मेरो सेयर’ वेबसाइटमा अत्यधिक भार पर्न थालेसँगै आईपीओको आवेदनकै लागि नयाँ वेबसाइटको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सीडीएससको सब–डोमेनका रुपमा अब आउने नयाँ कम्पनीको आवेदनका लागि छुट्टै वेबसाइट तयार हुनेछ । जसमार्फत प्रयोगकर्ताले सहज रुपमा आईपीओको आवेदन दिनसक्ने आशा कम्पनीको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया