पछिल्लो २४ घण्टामा थप ४८ जनामा संक्रमण पुष्टि, ६१ जना भए डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।

यस्तै, सोही अवधीभर थप ६१ जना डिस्चार्ज भएका छन्। योसंगै हाल कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७१ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।

बितेको २४ घण्टामा २५ सय १२ स्वाब नमूना परीक्षण गराउँदा ४८ जनामा कोरोना संक्रमण देखिएको हो। 

देशभर हाल ९२९ जना सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छ।

यस्तै अहिले ५१ जना क्वारेन्टिन र ९२९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया