इन्भेष्टमेन्ट बैंकको सेयर नेप्सेमा सूचिकृत

५ बर्ष अगाडि

काठमाडौं - आज नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा प्राप्ति गरेको छ । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउने छन् । 

उक्त शेयर डिम्याट खातामा आएपश्चात खरीदबिक्री गर्न सकिनेछ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स गाभ्न गत मंसिर ८ गते स्वीकृत दिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया