टिकटकले ल्यायो नयाँ फिचर, अब नराम्रो कमेन्ट गर्नुअघि शब्द परिवर्तन गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं- टिकटकले साइबर बुलिङ र ह्यारेसमेन्टजस्ता गतिविधिलाई रोक्न नयाँ फिचर ‘फिल्टर अल कमेन्ट’ फिचर ल्याएको छ ।

यो फिचर आएसँगै अब प्रयोगकर्ताले कुन कमेन्ट आफ्नो भिडियोमुनी देखिने वा नदेखिने भनेर निर्णय गर्न सक्नेछन् । 

यसका साथै कम्पनीले अर्को नयाँ फिचर पनि सार्वजनिक गरेको छ । यो फिचरअन्तर्गत यदि  कसैले कसैको भिडियोमा नराम्रो कमेन्ट गर्दै छ भने कमेन्ट गर्नुअघि टिकटकले  कमेन्टमा भएका  शब्द परिवर्तन गर्न आग्रहगर्नेछ ।

‘हामीलाई थाहा छ क्रिएटरसँग जोडिने माध्यम नै कमेन्ट हो’, टिकटकले भनेको छ, ‘त्यसैले हामी टिकटकभित्रको समुदायलाई मर्यादित र सम्मानित बनाउन चाहन्छौं । नयाँ फिचरले साइबर बुलिङ र ह्यारेसमेन्टजस्ता क्रियाकलापलाई रोक्न ठूलो मद्दत गर्नेछ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया