नेटफ्लिक्सले एउटै व्यक्तिको अकाउन्ट धेरै जनामा पासवर्ड शेयर गरेर हेर्न नमिल्ने बनाएको छ ।
तोकिएको स्क्रिनभन्दा बढी डिभाइस एउटै अकाउन्टमा जोडिएपछि कम्पनीले त्यसलाई बन्द गर्न थालेको हो ।
नेटफ्लिक्सको यो सिस्टमबाट केही प्रयोगकर्ता प्रभावित भइसकेको उल्लेख गरिएको छ । हाल केही प्रयोगकर्ताले आफूले लगिन गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा स्क्रिन शेयर गरिरहेका छन् ।
उनीहरुले शेयर गरेको उक्त स्क्रिनमा नेटफ्लिक्सले प्रयोगकर्तालाई आफ्नै नेटफ्लिक्स अकाउन्ट प्रयोग गर्न भनेको छ । त्यतिमात्रै नभएर यदि तपाईं अकाउन्टको मालिक होइन भने भिडियो निरन्तर हेर्न अब आफ्नै अकाउन्ट बनाउनुपर्छ ।
त्यसका लागि नेटफ्लिक्सले यदि एउटा अकाउन्टमा विभिन्न स्थानबाट लगइन भएको खण्डमा त्यसको भेरिफिकेशनका लागि मोबाइलमा ओटीपी पठाउने छ । उक्त ओटीपीबिना लगईन समेत गर्न नहुने बनाएको छ ।
प्रतिक्रिया