शुक्रबार नेप्सेमा स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन भएको छ ।
 
लघुवित्तको १९ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको छ । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ६६५ रुपैयाँ निर्धारण गरिएको छ। लघुवित्तको एक हजार ९८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
 
लघुवित्तले चैत ११ गते १९ औँ वार्षिक साधारण सभामार्फत १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

५ बर्ष अगाडि

प्रतिक्रिया