निर्मला हत्या प्रकरण: डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेको नमूना जिल्ला प्रशासन कार्यालयमा बुझाइयो

७ बर्ष अगाडि

 
निर्मलाका लागि न्याय अभियानले शनिबार युवाहरूको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेको नमूना जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुझाएको छ।

पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरू डिएनए परीक्षण कार्यक्रममा सहभागी भइ सांकेतिक विरोध गरेका थिए।


निवेदकहरू चारू गजुरेल,शशी विक्रम कार्की,प्रितम सुवेदीलगायतले आइतबार सिडिओ कार्यालयमा गएर संकलित रगतको नमूना बुझाएको हो।

अभियानले सो नमूनालाई सम्बन्धित ठाउँमा पठाइ जाँच गराउन र आवश्यक परे उक्त समयमा भीमदत्त नगरमा रहेका सबै पुरुष युवाहरूको नमूना संकलन गरी त्यसको डिएनएसँग निर्मलाको योनीको स्वाबको डिएनए परीक्षण गर्न पनि आग्रह गरेको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया